आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१ भदौ २०८० ७:५८

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ७४ पैसा र बिक्री दर १३३ रूपैयाँ ३४ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ५० पैसा र बिक्री दर १४५ रूपैयाँ १५ पैसा कायम गरिएकाे छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ३१ पैसा र बिक्री दर १७० रूपैयाँ ०८ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३७ रुपैयाँ र बिक्री दर ८५.७६ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७४ पैसामा काराेबार हुनेछ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा भाउ पुग्दा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९ रूपैयाँ ९६ पैसा कायम गरिएकाे छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४१ पैसा र बिक्री दर ३६ रूपैयाँ ५८ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४ रुपैयाँ र बिक्री दर ३५.५६ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६६ रुपैयाँमा खरिदबिक्री हुनेछ।

साथै, कुवेत दिनार १ को खरिदमूल्य ४३१.४ पैसा विक्रीदर ४३२.९९ पैसामा काराेबार गर्न सकिने जनाइएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *