अमेरिकामा सुँगुरको मृगौला ‘ब्रेन डेड’ भएका ब्यक्तिमा सफल प्रत्यारोपण
काठमाडौं। आजको समयमा मानिस हरेक क्षेत्रमा सफलताको शिखर चुमिरहेको छ, चाहे त्यो विज्ञान होस् वा चिकित्सा क्षेत्रमा।
संयुक्त राज्य अमेरिकामा स्थित एनयोसीले गत घोषणा गर्याे-त्यहाँका डाक्टरहरूले सुँगुरको मृगौला सफलतापूर्वक एक बिरामीमा प्रत्यारोपण गरे। जबकि ती व्यक्तिलाई ब्रेन डेड घोषणा गरिएको थियो।
एबीसी न्यूजको रिपोर्टका अनुसार डाक्टरहरूले यसले भविष्यमा थप पशुका अंग मानवमा प्रत्यारोपण गर्न मद्दत गर्ने बताएका छन्।
एनयोसी लेंगेन हेल्थले एक प्रेस विज्ञप्तिमार्फत शल्यचिकित्सकहरूले सुँगुरको मृगौलालाई मृत व्यक्तिको शरीरमा प्रत्यारोपण गरेका हुन्।
जतिखेर ब्रेन डेड भएका व्यक्तिलाई भेन्टिलेटरमा राखिएको थियो। सबैभन्दा राम्रो कुरा के हो भने ब्रेन डेड भएको व्यक्तिको मृगौलाले ३२ दिन बितिसक्दा पनि राम्रोसँग काम गरिरहेको छ।
गत महिना जुलाई १४ मा एनयोसी लेंगेन हेल्थका शल्यक्रिया विभागका अध्यक्ष तथा निर्देशक प्रोफेसर रोबर्ट मोन्टगोमेरीको नेतृत्वमा ती व्यक्तिको शरीरमा साे शल्यक्रिया गरिएको थियो।
रोबर्ट मोन्टगोमेरीले एक महिना देखि मिर्गौलाले राम्रोसँग काम गरिरहेको र दुई महिनादेखि यसको कामको अनुगमन भइरहेको बताए।
एनयोसी लेंगेन हेल्थका प्रत्यारोपण शल्य चिकित्सक डा. एडम ग्रीसेमरले मिर्गौलाको बाहिरी तह मुनि रहेको थाइमस पनि प्रत्यारोपण गरिएको बताए। यसको मद्दतले प्रत्यारोपण गरिएको मृगौलालाई मानव प्रतिरक्षा प्रणालीले हुने क्षतिबाट जोगाउँछ।
शल्य चिकित्सकले भने कि थाइमस ग्रन्थी हाम्रो घाँटी र छातीमा एक तन्तु हो, जहाँ यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई प्रोटिनहरू पहिचान गर्न मद्दत गर्दछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment