एटलाण्टामा श्रीमद्भागवत गीता पुराण हुने

डिसी नेपाल
२ भदौ २०८० ८:३८
276
Shares

जर्जिया। अमेरिकी पूर्वीय राज्यहरू न्यूयोर्क, बोष्टन, नर्थक्यारोलिना र भर्जिनियाको ब्यापक सफलतापछि आध्यात्मिकतामा आधारित भागवत सप्ताह पुराण एटलाण्टामा हुने भएकाे छ।

नेपाल कल्चर सेन्टर जर्जिया (एनसीसी) ले गर्ने यो आयाेजना गर्ने सप्ताह पुराणमा स्थानीय संघ संस्थाहरू, नेप्लिज एशाेसिएशन जर्जिया, एआरएन, एनसीसी जर्जिया, एमएए, अनेसास जर्जियालगायतका संस्थाहरू औपचारिक रूपमा सहभागी हुने आयाेजनकले जनाएकाे छ।

नेपाली कल्चर सेन्टर (एनसीसी) जर्जियाको आयोजनामा हुन गइरहेको भागवत महापुराण सप्ताह नाेभेम्बर ५-११ मा हुने छ। अगष्ट ६, २०२३ मा औपचारिक रूपमा एनएजी, एनआरएनए एनसीसी जर्जिया च्याप्टर, अनेसास जर्जिया, एमएए जर्जिया, एमएए जर्जिया च्याप्टर लगायतका संस्थाले एनसीसीकाे भवनमा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारीहले एमआेयूमा हस्ताक्षर गरेका थिए।

कार्यक्रममा एनसीसीका अध्यक्ष सीएन घिमिरे, बरिष्ठ उपाध्यक्ष राजु थापा, सिके पराजुली तथा एनसीसीका पूर्व अध्यक्ष डा. प्रलाद पन्तले कार्यक्रम बारे जानकारी गराएका थिए।

उक्त समारोहको लागि हाल २१ जनाको कमिटी तथा ३०१ जनाको मूल पुजा आयोजक कमिटी रहेको संस्थाका अध्यक्ष सीएन घिमिरेले जानकारी दिए। अक्टूबर ३०, २०१४ मा ५०१ सी को रूपमा दर्ता भएको नेपाली कल्चर सेन्टरले कला साहित्यका अतिरिक्त नेपाली पाठशाला पनि संचालन गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *