सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदै छ कारोबार ?
काठमाडौं। सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबारको मूल्यसूची तय गर्दै आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ७५० रुपैयाँ निर्धारण भएको छ।
आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको महासंघले जनाएको छ। महासंघका अनुसार साेमबार १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ। आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment