आईपीओ अनुमति पर्खेर बस्ने रियल सेक्टरका कम्पनी धेरै, अरु समूहका कति छन् ?

डिसी नेपाल
७ भदौ २०८० ११:२४
412
Shares

काठमाडौं। नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन्। जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूहअन्तर्गतका छन्। बाँकी सबै रियल सेक्टरका कम्पनीहरु हुन्।

बोर्डले गत आर्थिक वर्षमा ४२ वटा कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको थियो । जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीहरूले अनुमति प्राप्त गरेका थिए। बाँकी इन्स्याेरेन्सदेखि रियल सेक्टरका कम्पनीहरू थिए।

गत वर्ष हाइड्रोपावर कम्पनीहरूले लगातार अनुमति पाएका कारण पनि हाल स्वीकृति पर्खेर बस्नेको संख्यामा कमी आएको हो। स्वीकृति कुरेर बसेका मध्ये प्रायः अन्य समूहअन्तर्गतका कम्पनीहरू छन्। ७ वटा कम्पनी यस क्षेत्रका छन्। २ वटा उत्पादन तथा प्रशोधन समूहका छन्।

जसअन्तर्गत सर्वोत्तम र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अनुमति मागेका हुन्। हाल टिभी, औषधि लगायतका कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न अनुमति मागेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *