ग्रिसमा नेपाली अपहरण गरी फिरौती असुलेको आरोपमा चार जना पक्राउ

डिसी नेपाल
८ भदौ २०८० १६:०७
1.1k
Shares

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले वैदेशिक रोजगारीका लागि ग्रिस गएका एक नेपालीलाई अपहरण गरी फिरौती लिएको आरोपमा चार जनालाई काठमाडौबाट पक्राउ गरेको छ ।

सिआइबीले फिरौतिको रकमसहित धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौंका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलवासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापालाई पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौंको गैरीघाटबाट फिरौतीको २१ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।

गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका–२ बस्ने यदुराज थापाको छोरी वर्ष २५ की सबित्रा थापा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ३ बस्ने तिलक बहादुर कार्कीको छोरा कृष्ण कार्की र काभ्रेपलाञ्चोकको नमोबुद्ध–१ मथुरापाटी बस्ने वर्ष ३० को पोखनाथ सत्यालको छोरा राजन सत्याल एकसाथ नेपालबाट ग्रिस पुगेका थिए ।

सिजनल भिसामा ग्रीस पुगेका उनीहरुबाट पाकिस्तानी नागरिकको सहयोगमा उनीहरुलाई अपहरण गरी, डोरीले बाँधेर शारीरिक तथा मानसिक यातना तथा डर त्रास देखाई, ज्यान मार्ने धम्की दिएर पीडितको नेपालमा रहेका परिवारहरूसँग १५ हजार युरो फिरौती लिएको प्रहरीको दावी छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *