माछापुच्छ्रे बैंकले ल्यायो प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा

डिसी नेपाल
९ भदौ २०८० ६:४८
108
Shares

काठमाडौं। डिजिटल इकोनमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ। एयरपोर्टबाट यात्रा गर्दा सहज र सरल होस् भनी उक्त सुविधा ल्याइएको बैकले जनाएको छ।

प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा उक्त पासको प्रयोग गरि सरल तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधा पाउने बैकले बताएको छ ।

प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यु.के.ले व्यवस्थापन गरेको संसारभरका एक सय ४० भन्दा बढी देशका छ सय ६० शहरहरूमा अवस्थित एक हजार चार सय एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरूमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *