तमिलनाडुको मदुरैमा तीर्थयात्रीको रेलमा आगलागी हुँदा ८ जनाको मृत्यु

डिसी नेपाल
९ भदौ २०८० १०:१६
152
Shares

काठमाडौं । तमिलनाडुको मदुरै रेलवे स्टेशन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री ट्रेनबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए ।

यी तीर्थयात्रीहरू शनिबार बिहान मदुरै पुगेका थिए। उनीहरूले हिजो नागरकोइलस्थित पद्मनाभ स्वामी मन्दिरको दर्शन गरेका थिए ।

यो ट्रेन मदुरै रेलवे स्टेशनबाट करिब एक किलोमिटर टाढा उभिएको थियो।

एक प्रत्यक्षदर्शीले बीबीसीको तमिल सेवालाई केही यात्रुहरूले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको बताए।

अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् र हालसम्म आठ शव बरामद गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *