अमेरिका हमलाको योजना बनाउने पाकिस्तानी डाक्टरलाई १८ बर्ष जेल सजाय

डिसी नेपाल
१० भदौ २०८० ८:३३
3.4k
Shares

वासिंग्टन डिसी। अमेरिकामा आक्रमणको योजना बनाउने एक पाकिस्तानी डाक्टरलाई जेल सजाय तोकिएको छ। एच-१ भिसामा काम गर्ने एक पाकिस्तानी डाक्टरलाई आतंकवादी संगठन आइएसलाई भौतिक सहयोग उपलब्ध गराएको आरोपमा पक्राउ परेका थिए। हालै ती डाक्टरलाई जेल सजायँ तोकिएको हो।

अमेरिकन सञ्चार संस्थाका अनुसार अमेरिकामा ‘लोन वुल्फ’ आतंककारी हमला गर्ने प्रयास गरेको आरोपमा उनलाई १८ वर्षको जेल सजाय सुनाइएको हाे। ब्यक्तिगत रिस र बदलाको लालसाबाट सम्पूर्ण घटना गराउने व्यक्तिलाई ‘लोन वुल्फ’ आक्रमणकारी भनिन्छ।

३१ वर्षीय मुहम्मद मसूदलाई आइएसलाई भौतिक सहयोग गर्ने प्रयास गरेको आरोपमा १८ वर्षको जेल सजाय सुनाइएको न्याय मन्त्रालयले पुष्टी गरेकाे छ। मसुदले गत वर्ष आफ्नो अपराध स्वीकार गरेका थिए।

उनी पाकिस्तानमा लाइसेन्स प्राप्त मेडिकल डाक्टर थिए र पहिले एच एन-१ बी भिसा अन्तर्गत मेडिकल क्लिनिकमा काम गरिरहेका थिए। सोही क्रममा उनले आईएससँग सबन्ध बिस्तार गरेर अमेरिकामा हमला गर्ने योजना बनाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *