चन्द्रयान-३ को प्रज्ञान रोभरले आफ्नो बाटो परिवर्तन गर्यो

डिसी नेपाल
१२ भदौ २०८० ११:२१
4.9k
Shares

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) द्वारा चन्द्रयान-३ सम्बन्धी नयाँ जानकारी जारी गरिएको छ।

इसरोले बताएअनुसार चन्द्रमामा रोभर प्रज्ञानको पैदल यात्राको क्रममा यसको अगाडि एउटा ठूलो क्रेटर आयो, त्यसपछि यसले सुरक्षात्मक रूपमा आफ्नो मार्ग परिवर्तन गरेको छ।

इसरोले ट्विट गरेर उक्त ठाउँको तस्विर पनि जारी गरेको छ । यससँगै इसरोले प्रज्ञान रोभर अब नयाँ बाटोमा अघि बढिरहेको बताएको छ ।

अन्तरिक्ष एजेन्सीले ट्वीट गर्‍यो, “२७ अगस्ट २०२३ मा रोभरबाट ३ मिटरको दूरीमा ४ मिटर व्यासको क्रेटर आइपुगेको थियो। रोभरले आफ्नो नयाँ बाटो फेला पार्यो। रोभर अहिले सुरक्षित रूपमा नयाँ बाटोमा अघि बढिरहेको छ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *