एनआरएनए यूके अध्यक्ष गाहामगरले बुझाए परराष्ट्र र केन्द्रमा वैधानिक प्रतिनिधिहरुको सूची

डिसी नेपाल
१३ भदौ २०८० १५:५१

काठमाडौं । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले यूकेका वैधानिक प्रतिनिधिहरुको सूची परराष्ट्र मन्त्रालयमा बुझाएका छन् ।

मंगलबार परराष्ट्र मन्त्रालय पुगेर उनले गैर आवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधनसहित)  बमोजिम २० हजार ७०७ सदस्यहरुमध्येबाट २३६ जनाको नाम बुझाएका हुन् ।

उनले पत्रमा ११ औं अधिवेशन तथा विश्व सम्मेलनका लागि आफू नेतृत्वको नाम स्वीकार गर्न मन्त्रालयसमक्ष अनुरोध गरेका छन् ।

डेलिगेट्सका नामसहित परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै लेखिएको पत्रमा अध्यक्ष प्रेम गाहामगरले आफू २२ जुलाईमा सम्पन्न संघको ११ औं वार्षिक साधारणसभामार्फत २० हजार ७०७ जना सदस्यहरुको सर्वसम्मतिमा सन् २०२३-२०२५ का लागि अध्यक्ष निर्वाचित भएको पनि स्मरण गराएका छन् ।

उनले अघिल्लो कार्यसमिति २०२१-२०२३ मा पनि ११ हजार ३६३ पञ्जीकृत सदस्यहरुबाट अध्यक्ष निर्वाचित भएको उल्लेख गरेका छन्।

गत २६ अगष्टमा सम्पन्न कार्यकारी समितिको तेश्रो बैठक (भर्चुअल) ले प्रतिनिधिहरुको नाम तय गरेको थियो ।

अध्यक्ष गाहामगर डेलिगेट्सका नाम बुझाउन एनआरएनए केन्द्रिय कार्यालय समेत गएका थिए । तर, आइसीसी अध्यक्ष डा. बद्री केसी नभेटिएका कारण सिइओको सल्लाह बमोजिम इमेलमार्फत लिष्ट केन्द्रमा बुझाएको गाहामगरले बताए ।

बेलायतमा नन रेसिडेन्ट्स नक्कली भुटनीज अध्यक्ष निर्वाचित भएको सुनिएको जनाउँदै गाहामगरले केन्द्रीय अध्यक्ष र बेलायत शाखा अध्यक्ष दुवै नक्कली भुटानी भएकाले आफूहरुले आधिकारिकताका लागि परराष्ट्र मन्त्रालय र केन्द्रीय कार्यालयमा वैधानिक प्रतिनिधिहरुको नाम बुझाएको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *