अमेरिकाको भर्जिनियामा दशैं-तिहार मेला-२०२३ हुँदै
भर्जिनिया। नेपालीहरुको महान चाड दशैं- तिहार नजिकै आइसकेको छ। देश तथा विदेशमा रहेका नेपालीहरुलाई एकताको सुत्रमा गाँस्ने चाड दशैं तिहार कसरी मनाउने भन्ने विषयमा मानिसहरुले योजना बनाउन थालिसकेका छन्।
यसैबीच जन्म भूमि छोडेर कर्मभूमि अमेरिकामा बासोबास गर्ने नेपालीलाई लक्षित गरेर दशैं- तिहार मेला-२०२३ को आयोजना गरिएको छ। अमेरिकाको भर्जिनियामा आयोजना गर्न लागिएको दशैं- तिहार मेला-२०२३ लाई भव्य रुपमा मनाउन आयोजकले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको छ।
र्थी ई इन्टरटेनमेन्टले आयोजना गर्ने यो मेला गत वर्षदेखि मनाउन सुरु गरिएको हो। गत वर्ष यो मेलामा करिव चार हजारले सहभागिता जनाएका थिए। आयोजक र्थी ई इन्टरटेनमेन्टका राजश्री श्रेष्ठ र अमित शर्मा रेग्मीका अनुसार घटस्थापनाको अघिल्लो दिन अक्टोबर १४ मा आयोजना हुने दशैं- तिहार मेला-२०२३ सहभागिता र अन्य व्यवस्थापीय हिसावले गत वर्षको भन्दा भव्य हुनेछ।
मेलालाई भव्य बनाउन नेपालका चर्चित गायक कालिप्रसाद बास्कोटाले आफ्नो प्रस्तुती दिने छन् भने फिरोज स्यान्ज्डेन एण्ड व्याण्ड तथा अन्य स्थानीय कलाकारले आफ्नो प्रस्तुती दिने आयोजकले जनाएको छ।
मेलामा सहभागिता जनाउन 1-833-383-3783 सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
सहभागीहरुले दशैं र तिहारको मौलिक स्वाद लिन पाउन् भन्ने उद्देश्यले आयोजकले सकेसम्म मेलालाई नेपाली शैलीमा प्रस्तुत गर्ने जमर्को गरेको छ।
चंगा उठाउनेदेखि लिंगे पिङ खेल्ने व्यवस्था मिलाएको जनाएको आयोजकले डिसी महानगरभित्र रहेका सम्पूर्ण नेपालीलाई मेलामा सहभागिताको लागि अनुरोध समेत गरेको छ।
मेलाका विषयमा बिस्तृत जानकारीका लागि तलकाे लिंकमा क्लिक गर्न सक्नु हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment