पद गुम्ने भएपछि काजीको खुराफात

डिसी नेपाल
१८ भदौ २०८० ८:४५

काठमाडौँ। नेकपा माओवादी केन्द्रको राजनीति निकै उतारचढाव छ। उसको नीति सर्वहारावर्गको उत्थान नभइ जसरी हुन्छ सत्तामा पुगेर देश लुट्नु हो। उसले २०५२ सालदेखि गरिरहेको यही नै हो। चाहे जंगलमा होस् वा सत्तामा।

माओवादीले समाजमा ल्याएको बदलाव भनेको आपसी सद्भाव भत्काउनु र त्यसमाथि नै राजनीति गर्नुबाहेक अहिलेसम्म केही पनि देखिएको छैन। सत्ताका लागि जस्तोसुकै गलत कदम चाल्न पछि पर्दैन।

त्यसैले त अहिले माओवादीले वर्तमान सरकारमा सहयात्रा गरिरहेका दलहरुलाई धोका दिने छिद्रहरु खोज्न थालेको छ। नेपाली कांग्रेसले आफहरुलाई दुख दिन थालेको भन्दै उनीहरुले धोका दिएर एमालेसँगको सहकार्यलाई अंकगणितमा हिसाब गर्न थालेका छन्।

माआवादी उच्चस्रोतका अनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही दिनअघि पार्टीका हाइकमाण्ड नेताहरुको गोप्य बैठकमा एमाले सँग नजिक हुने उपाय सहितको अंक गणित प्रस्तुत गरेका हुन्।

अहिलेको सरकार कायम रहँदासमेत आफू बाहिरिनु पर्ने अड्कल गर्दै नैतिकताका आधारमा राजीनामा दिनु त कता हो कता नारायणकाजीले उल्टै यो सत्ता गठबन्धनको अंकगणित नै बदल्ने कसरत गरेका छन्।

उनले एमालेको ७६ माओवादीको ३२, रास्वपाका २१ र राप्रपाका १४ सिट मिलाएर सरकार बनाउन सकिने तथा यसका लागि एमालेसँगको सहकार्यलाई अघि बढाउन पाटीभित्रकै नेताहरु खटाउने प्रस्ताव गरेका थिए।

‘उहाँले एमालेसँग मिलेर सरकार बनाउन अंक गणित प्रस्तुत गर्नु भएको छ,’ स्रोतले भन्यो, ‘केपी ओलीले मानेको खण्डमा एक वष अझै ओलीसँग मिलेर सरकारमा रहन सक्नेगरी यस्तो अंक गणित ल्याएका हुन्।’

चीनसँग नजिक रहेका नारायणकाजी श्रेष्ठले यो विषयलाई प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणसँग पनि जोडेर हेरिएको छ। कांग्रेस सभापति शेरबादुर देउवाले केहीे दिनअघि बसेको गठबन्धन दलहरुको बैठकमा सरकारको समीक्षा गर्नुपर्ने र मन्त्रीहरु परिवर्तन गर्नुपर्ने भए उनीहरुको कामको आधारमा मूल्यांकन गरेर परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका थिए।

तर प्रचण्ड र नारायणकाजी श्रेष्ठले प्रचण्डको चीन भ्रमणअघि केही पनि नगरौँ, भ्रमण सकेर आएपछि सरकार र समग्र विषयमा समीक्षा गरौँ भनेर पन्छिएका थिए। कांग्रेसले सरकारको समीक्षा गरौँ भन्ने प्रस्ताव राखेको दुई दिनपछि प्रचण्डले त्यसको सार्वजनिक रुपमै प्रतिरक्षा गरेका थिए।

‘राम्रो काम गरिरहेको छु हेरौँ कसलहटाउँदो रहेछ’, उनले भनेका थिए। समाजवादी मोर्चाको भेलामा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘मलाई अब केही लिनुदिनु छैन। जे छ राष्ट्र, जनता र क्रान्तिको लागि उपलब्धिको रक्षाको लागि बाँकी जीवन सम्पूर्ण रुपमा लगाउन बाहेक सोचेको छैन। यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन। कतिपयले सरकार जोगाउन यसो गर्यो उसो गर्यो भन्छन् वाइयात हो। मैले सरकारको नेतृत्व गर्दा १५ दिन भएपछि ठीकै छ, एक महिनाको भएपनि ठीकै छ। जे गर्छु राम्रो काम गर्छु राम्रो काम गर्दा गर्दै कसले हटाउँदा रहेछन् नेपाली जनताले हेर्छन्। फेरि मलाई सरकार छाड्न गाह्रो मान्न मान्छे पनि होइन,’ चेतावनीयुक्त भाषामा यस्तो अभिव्यक्ति दिएका थिए।

साथै उनले पानी पर्न छाडेपछि सडकमा मान्छे उतारेर आन्दोलन गर्ने पनि बताएका थिए। शनिबार पार्टीको कार्यक्रममा पनि सोही अभिव्यक्ति दिएर प्रचण्डले कार्यकर्तालाई उराल्ने काम गरेका छन्। जबकि आफैँ सरकारको नेतृत्व गन अनि आफैंले कार्यकर्ता सडकमा उतार्ने कुन पुरुषार्थ प्रचण्डले देखाउन खोजेका हुन् भन्ने प्रश्न पनि उब्जिएको छ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारको समीक्षा गरौँ भन्ने प्रस्ताव गरेका कारण पनि सरकारमा बसेर उनले यस्तो अभिव्यक्ति दिएका हुन् । कांग्रेस सांसद डा. सुनील शर्मा पक्राउ परेदेखिनै देउवाले गृहमन्त्रीको कामकारबाहीबार समीक्षा गर्नुपर्ने प्रस्ताव गरेका थिए। तर प्रधानमन्त्रीले सबै विषयहरु गठबन्धनभित्र छलफल गरेर मात्रै टुंग्याउने आश्वासन दिएका थिए। जनभावना साप्ताहिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *