१३ निर्माण कम्पनी कालोसूचीमा

डिसी नेपाल
१९ भदौ २०८० ८:४७
628
Shares

काठमाडौं। समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको आज एक सार्वजनिक सूचना जारी गर्दै जनाएको छ।

तीन निर्माण कम्पनीलाई तीन वर्ष, दुई निर्माण कम्पनीलाई दुई वर्ष, एउटालाई डेढ वर्ष र बाँकी सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कालोसूचीमा परेका निर्माण कम्पनीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

काठमाडौंको स्वयम्भू ठेगाना भएको चुलीडाँडा निर्माण सेवा, इपिक कम्प्युटर्स ट्रेडर्स, काठमाडौंकै मकर गणेश कन्स्ट्रक्सन, कञ्चनपुर, शुक्लाफाँटा–१० ठेगाना भएको गणपति कन्स्ट्रक्सन कालोसूचीमा परेका छन्। चुलिडाँडा डेढ वर्ष, इपिक कम्प्युटर्स र मकर गणेश कन्स्ट्रक्सन एक वर्ष कालोसूचीमा परेका छन् भने गणपति कन्स्ट्रक्सन तीन वर्षका लागि कालोसूचीमा परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *