हरियो क्याप्सिकम खानुका यस्ता छन् फाइदाहरु

डिसी नेपाल
१९ भदौ २०८० १०:०४

काठमाडौं। हरियो तरकारीमा क्याप्सिकमको नाम पनि समावेश हुन्छ । खैर, हरियो शिमला मिर्च (क्याप्सिकम) बाहेक, रातो र पहेँलो क्याप्सिकम पनि बजारमा सजिलै पाइन्छ र सबै प्रकारका क्याप्सिकम पोषक तत्वले भरिपूर्ण हुन्छ।

तर हरियो क्याप्सिकम अन्य सबै क्याप्सिकमभन्दा बढी लाभदायक मानिन्छ। त्यसोभए हरियो क्याप्सिकम खानुका फाइदाहरू के के छन् जानौं।

हरियो क्याप्सिकममा धेरै भिटामिन र मिनरल्स पाइन्छ। यो भिटामिन सी, भिटामिन ए र बीटा क्यारोटिनले भरपूर मात्रामा हुन्छ । जसले तपाईंलाई कैयौं रोगबाट बचाउने काम गर्छ । त्यसोभए हरियो सिमलामिरी खानुका फाइदाहरू बारे जानौं।

पोषणको खजानाः हरियो क्याप्सिकमलाई पोषक तत्वको खजाना भनिन्छ । यसमा क्यालोरी, प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन ए, भिटामिन सी, भिटामिन के, पोटासियम र पाइरिडोक्सिन जस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ।

आन्द्राका लागि राम्रोः हरियो क्याप्सिकमको सेवन आन्द्राका लागि निकै फाइदाजनक हुन्छ । हरियो क्याप्सिकममा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसको सेवनले शरीरको पाचन प्रणालीलाई मजबुत बनाउँछ र आन्द्रामा क्यान्सरजस्ता रोग लाग्ने खतरा रहँदैन ।

एन्टिअक्सिडेन्टले भरिपूर्णः रातो र पहेँलो क्याप्सिकमको तुलनामा, हरियो सिमलामिरीमा धेरै एन्टि–अक्सिडेन्ट तत्वहरू हुन्छन्। अर्कोतर्फ, हरियो क्याप्सिकमलाई भिटामिन सीको उत्तम स्रोत पनि मानिन्छ। यस्तो अवस्थामा हरियो क्याप्सिकम खाँदा उच्च रक्तचाप, क्यान्सर र मुटु रोगको जोखिम कम हुन्छ ।

मुटु र आँखाको स्वास्थ्यका लागिः हरियो क्याप्सिकमको सेवनले कोलेस्ट्रोल, रगतमा चिनीको मात्रा र रक्तचाप नियन्त्रणमा राख्छ। जसका कारण मुटु रोगको जोखिम कम हुन्छ । त्यसैगरी हरियो सिमला मिर्चमा पाइने ल्युटिन नामक तत्वले आँखाको ज्योति बढाउन पनि सहयोगी हुन्छ ।

तौल घटाउन मद्दत गर्छः शरीरको तौललाई नियन्त्रणमा राख्नको लागि दैनिक आहारमा क्याप्सिकमको सेवन गर्नु उत्तम हुन्छ । क्याप्सिकम फाइबरयुक्त र कम बोसोयुक्त खानेकुरा हो। जसको सेवनले मोटोपन घट्छ र पेटको बोसो पनि हट्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *