मनसुनी वर्षा कहिलेसम्म ?

डिसी नेपाल
२२ भदौ २०८० ६:४३
2.1k
Shares

काठमाडौं। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा जारी रहेको र आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुनेछ। हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले मौसममा बदली हुनुका साथै वर्षा भइरहेको उनले बताए।

आज काठमाडौं उपत्यकासहित देशका कतिपय स्थानमा वर्षा भएको छ। पछिल्लो एक घण्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको मौसमविद् महर्जनले जानकारी दिए।

आज देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

नेपालमा यस वर्ष गत जेठ ३१ गतेबाट मनसुन प्रवेश गरेको थियो । आगामी असोज १५ गतेसम्म मनसुन जारी रहने महाशाखाले जनाएको छ। नेपालमा औषतः जुन १३ देखि मनसुन प्रवेश गर्ने भएपनि यस वर्ष एक दिन ढिलो गरी अर्थात् जुन १४ देखि पूर्वी भेग भएर मनसुन प्रवेश गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *