आजको विदेशी मुद्रा विनिमय दर, बेलायती पाउन्ड १६८ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा कायम गरिएकाे छ भने युराेपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसामा खरिदबिक्री हुनेछ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ०९ पैसा र बिक्री दर १६५ रुपैयाँ ८४ पैसामा काराेबार हुदाँ साेमवार अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८२ पैसा तथा क्यनेडियन डलर खरिदमा ९७ रुपैयाँ ७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५१ पैसामा काराेबार हुनेछ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९ रुपैयाँ भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९ रूपैयाँ ९५ पैसामा खरिदबिक्रीकाे अनुमति दिइएकाे छ।
उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ र बिक्री दर ३५.४६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ कायम गरिदिएकाे छ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.१० पैसा र विक्रीदर ४३१.४ पैसामा काराेबार हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment