चार कम्पनीले हकप्रद सेयर बिक्री गर्न बोर्डसँग मागे अनुमति, कुनले कति जारी गर्दै ?
काठमाडौं। नेपाल धितोपत्र बोर्डमा ४ वटा कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति मागेका छन्। लिवर्टी इनर्जी, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीले बोर्डसँग अनुमति मागेका हुन्।
लिवर्टी इनर्जीले ५०% अर्थात् १:०.५ अनुपातमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो।
हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ। यता, ङादी ग्रुप पावरले १००% अर्थात् १:१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.३२ कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ।
यसको कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ। शतप्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ।
त्यस्तै, बरुण हाइड्रोपावर लिमिटेले पनि १००% अर्थात, १:१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो।
यस कम्पनीको हाल कायम चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।
त्यसैगरी, आँखुखोला जलविद्युतले १५०% अर्थात, १:१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ। हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ।
यी सबै कम्पनीले बोर्डको अनुमति पाएपछि हकप्रद सेयर बिक्री खुला गर्नेछन् । सबैले १०० रुपैयाँ अन्कित मूल्यमा सेयर जारी गर्न अनुमति मागेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment