कौशलटार , भक्तपुरमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ब्ल्यू स्क्वायर शोरुम
काठमाडौं। नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता एमए डब्ल्यू इन्टरप्राइजेजले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ।
भाद्र २५ गते प्रमुख अतिथि एमए डब्ल्यू ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल साथै सञ्चारकर्मी सुरज सिहँ ठकुरी र अभिनेत्री प्रियका कार्कीले उद्घाटन गरेको कौशलटार, भक्तपुरमा अवस्थित उक्त शोरुम टु ह्विलर इन्डष्ट्रिकै ठूलो र अत्याधुनिक शोरुम मानिएको छ।
यामाहाको विश्व व्यापी नयाँ अवधारणा ब्ल्यू क्वायरलाई अबलम्बन गरी कौशलटार भक्तपुरमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो । यामाहाको ग्लोबल स्पेर्टस् लिगेसीलाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ब्ल्यू स्क्वायर शोरुमलाई लिइएको छ।
ब्ल्यू स्क्वायर शोरुममा प्रयोग गरिएको ब्ल्यू कलरले यामाहा ब्राण्डको रेसिङ डीएनएलाई झल्काउने र स्क्वायरले वान स्टेप बाइङ जक्सनमा ग्राहकले मोटरसाईकल, स्कुटरका सामान एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहने कम्पनीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment