नेम्वाङका दुबै छोरा स्वदेश आइपुगे, भोलि अन्त्येष्टि गरिने
काठमाडौं। दिवंगत एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका विदेशमा रहेका दुई छोराहरु स्वदेश आइपुगेका छन्।
नेम्वाङकका कान्छा छोरा सुहाङ अष्ट्रेलियाबाट मंगलबार नै स्वदेश आइसकेका थिए भने जेठा छोरा मिङसो बेलायतबाट आज बुधबार आइपुगेका हुन् ।
मंगलबार निधन भएका नेम्वाङको भाेलि बिहीबार हिन्दु र किराती परम्परा अनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्।
आफ्नै निवासमा मंगलबार बिहान अचानक हृदयघात भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा १ः४० बजे पुर्याउँदा उनलाई मृत घोषित गरिएको थियो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment