कोरोना र आर्थिक मन्दीबाट गुज्रिरहेको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशसरण महतले कोरोना र आर्थिक मन्दीबाट गुज्रिरहेको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार देखिएको र पर्यटन क्षेत्रमा धेरै सम्भावना रहेकाले अर्थतन्त्र थप प्रवर्द्धन गर्न सकिने बताए।
‘जलविद्युतबाट अर्थतन्त्र उकास्ने सम्भावना छ। यसले रोजगारी उत्पादनमा पनि सहयोग पुग्छ। विप्रेषणबाट आएको पूजीँलाई एकीकृत गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ। कृषि क्षेत्रमा पनि लगानी बढाउनुपर्छ,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment