एनआरएनए उपाध्यक्षमा केशव पौडेलको उम्मेदवारी घोषणा

डिसी नेपाल
३० भदौ २०८० ८:३२

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा डा. केशव पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार राजधानीको होटल हिमालयमा आयोजित पत्रकार सम्मेलनका बीच संघका वर्तमान महासचिव पौडेलले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए।

उनले अध्यक्षमा वर्तमान उपाध्यक्ष महेश श्रेष्ठलाई समर्थन गर्दै आफूले ऊपाध्यक्षमा उम्मेदवारी दिएको बताए। उनले सहमति, सहकार्यको माध्यमबाट संघलाई उचाइमा लैजाने दायित्व रहेको भन्दै त्यसका लागि अध्यक्षको उम्मेदवारबाट पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको दुई कार्यकाल अध्यक्ष तथा एक कार्यकाल प्रमुख संरक्षकको रुपमा समेत काम गरिसकेका उनले एनआरएनए अभियान एउटा निर्णायक मोडमा पुगेको बताए।

दशौं महाधिवेशनमा उत्पन्न विवादलाई समाधान गर्दै संस्थालाई एकजुट गरेर अगाडी बढाउने जिम्मेवारी सबैसामु रहेको उल्लेख गर्दै पौडेलले दसौं विश्व सम्मेलनमा सबै अभियन्ताले महासचिवको रुपमा गरेको विश्वासप्रति सम्मान व्यक्त गर्दै आउँदो ११ औं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गरेको बताए।

‘हुन त यस पटक नै मैले संघको नेतृत्वको निम्ति तयारी पनि गरेको थिएँ, तर यो संस्थामात्र नभई अभियान भएकाले सहमतिको बिन्दुबाट पनि सोच्नुपर्ने हुन्छ’ उनले भने, ‘संघको विभिन्न पदमा रही काम गरिसक्नु भएका अनुभवी र म जस्तै नेतृत्व गर्ने अर्को एनआरएनए अभियन्ताले सँगै अभियानलाई अगाडि बढाउ भनिरहँदा त्यसलाई सहज रुपमा लिदैं म अभियानमा आफू उपाध्यक्ष पदका रुपमा रही अघि बढ्ने निष्कर्ष सहित अगाडि आएको पौडेलले प्रस्ट पारेका छन्।

पौडेलले आफ्नो उम्मेदवारीका साथ आफ्नो प्रतिबद्धतापनि सार्वजनिक गरेका छन्। जसमा निर्वाचित भई आउने अध्यक्ष सहितको कार्यसमितिले ल्याउने एनआरएनए केन्द्रित योजनाहरुको कार्यान्वयन गर्नेतर्फ आफ्नो ध्यान रहने बताएका छन । आफूलाई उपाध्यक्षको रुपमा उभ्याई रहँदा केही महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न आफ्नो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *