मल्टीपर्पस फाइनान्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौ। मल्टीपर्पस फाइनान्सको ३०५ हकप्रद सेयरमा आवेदन दिने आज आइतबार (भदौ ३१ गते) अन्तिम दिन हो ।
आइतबार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । यस फाइनान्सले भदौ १० गतेदेखि ३५५ हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले १ः०.३५ अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । हकप्रद सेयरको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
यस हकप्रद सेयरलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन सिङ्गल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यस हकप्रदमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
आवेदकले यस हकप्रदमा मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
हाल यस कम्पनीको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।
Facebook Comment