राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

डिसी नेपाल
३१ भदौ २०८० १३:२५
52
Shares

काठमाडौं। नेपालीहरुको महान चाड बडा दशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।

उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य एंव माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरेपछि भदौ २९ गतेबाट सो सेवा सुरुवात भएको हो।

उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीहरुले क्यूआर मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन्। जसले गर्दा सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बताइएको छ।

यस बाहेक फरक फरक माध्यममार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको बैंकले जनाएको छ । बैंकले नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *