यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

डिसी नेपाल
१ असोज २०८० १०:१८

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ।

जसअनुसार नेपाली गोलभेंडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ६०,भारतीय ठूलो गोलभेंडा ४८,टनेल गोलभेंडा सानो लोकल ६०,गोलभेंडा सानो रू ४५,घिउ सिमी लोकल ४०,काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ , आलु रातो ५६,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका २०,हरियो फर्सी रू २५,घिरौला ३० कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३४० रुपैयाँ ,बन्दा लोकल ६०, गाजर १३०, मूला सेतो ७०,भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०,मकै बोडी ८०,टाटे सिमी ५०,तितो करेला ७०,ब्रोकाउली ३००, कागती १८० रुपैयाँ, भिण्डी रू ३०,न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ ,लोकल काक्रो ८०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १५०,अनार ३५० रुपैयाँ, नासपाती ८०,आभोकाडो २०० रुपैयाँ,कालो अंगुर ४५०,किवि ४००,हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ४००, छडी माछा २६०,बचुवा माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया १००,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०,परवर ४०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ६५,लसुन हरियो ३००,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ८०,शरीफा २००,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,अमला १२०,तोफु १००,पिंडालू ६०,तामा ९०,चुकुन्दर ८०,निबुवा ५०,कन्य च्याउ १६०,तने बोडी प्रतिकेजी ५० मा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *