चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

डिसी नेपाल
२ असोज २०८० १४:३२

कपिलवस्तु। आफ्नै बुबा ६० वर्षीय बलबहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय विकाश परियारललाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा विकाशले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *