चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ
कपिलवस्तु। आफ्नै बुबा ६० वर्षीय बलबहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय विकाश परियारललाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा विकाशले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment