असोज तेस्रो साता काठमाडौंमा स्टार्टअप तथा इनाेभेसनको प्रदर्शनी हुँदै

डिसी नेपाल
७ असोज २०८० १२:४२

काठमाडाैं। असोज १९ र २० गते काठमाडाैंकाे बानेश्वर ब्याक्वेटमा स्टार्टअप एण्ड आइडिया फेस्टसँगै स्टिम क्याम्पको आयोजना हुने भएको छ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने कार्यक्रममा सातै प्रदेशका स्टार्टअपहरुले सहभागिता जनाउनेछन्। उक्त फेस्टमा सय बढी डिजिटल स्टार्टअप र इनाेभेसनको प्रदर्शनी हुनेछ।

आइसिटी अवार्ड २०२३ को प्रिइभेन्ट क्याम्पियनको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहनेछ। आइसिटी अवार्ड २०२३ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इनाेभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनी गर्नेछन्।

यसैगरी आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढी स्टार्टअपको पनि यस कार्यक्रममा सहभागिता रहनेछ। यसैगरी स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रिडी प्रिन्टङ सहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राख्नेछ।

स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवद्धन गर्न आयोजना गरिएको लिभिङ विथ आइसिटीको अध्यक्ष राजन लम्सालले बताए। यस कार्यक्रममा प्रर्दर्शनीमा सहभागी हुने एक्जिविटर र अवलोकनकर्ताले कुनै शुल्क तिर्नुपर्दैन।

दुई दिने प्रदर्शनीसँगै काठमाडौं बाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरु सञ्चालन हुनेछ। यस कार्यक्रम मार्फत स्टार्टअप र आइडियामा लगानी गर्न चाहनेहरुलाई पनि आयोजकले सहकार्य र इकोसिस्टमको लागि आह्वान गरेको छ।

आइसिटी अवार्ड २०२३ को नोमिनेशन र छनौट प्रकृया सञ्चालनमा छ। विभिन्न चरणको छनौट पश्चात उत्कृट १२ मा पर्न सफल स्टार्टअपहरुले पनि यस कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवद्धन गर्न सक्नेछन्।

अवलोकनकर्ताले आफूलाई मन परेका स्टार्टअप र प्रडक्टलाइ भोट पनि गर्न सक्नेछन्। आइसिटी अवार्डका विभिन्न १३ विधामा ५०० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ।

नेपाल वाहिरका स्टार्टअपहरुको लागि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि आयोजना हुनेछ। नेपालको सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको आठौं सस्करण पुस ६ गते द सोल्टी काठमाडाैंमा आयोजना हुनेछ। स्टार्टअप एण्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डको लागि दर्जनौ प्रि-इभेन्टहरु सञ्चालन हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *