राजनको नेतृत्वमा अन्तर्राष्ट्रिय तनहुँ समाज

डिसी नेपाल
१३ असोज २०८० ७:५३

अमेरिका। अन्तर्राष्ट्रिय तनहुँ समाज अमेरिका निवास सामाजिक अभियन्ता राजन त्रिपाठीको अध््यक्षतामा गठन भएको छ। विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने तनहुँबासीहरुको आज सम्पन्न एक भेलाले त्रिपाठीको अध्यक्ष्तामा सो समिति गठन रेको हो। त्रिपाठी गैर आवासीय नेपाल संघका अन्तर्राष्ट्रिय कमिटीका सचिव पनि हुन।

त्रिपाठीको नेतृत्वमा आठ महादेशबाट आठ उपाध्यक्ष, तीन सचिव, एक कोषाध्यक्ष, दुइ सह-कोषाध्यक्षसहित संसारको विभिन्न मुलुकबाट तीस सदस्य तथा चौध सल्लाहकार समितिको गठन गरिको छ।

तनहुँको विकासमा सामूहिक योगदान गर्ने उद्देश्यले प्रेरित भएर तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिको औपचारिक गठन गर्ने निर्णय गर्दै हालको तदर्थ समितिलाई सभापति राजन त्रिपाठी, वरिष्ठ उप-सभापति लेख गुरुङ तथा संस्थाका महासचिव रवि चन्द्र भट्टराई लाई कार्यसमितिको परामर्शमा छ महिना भित्र पूर्णता दिन जिम्मेवारी दिँदै सम्पन्न भएकाे छ।

घोषणामा तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिले औपचारिक मान्यता दिएका सम्पूर्ण देशमा कार्यरत तनहुँ समाजका सम्बन्धित मुलुकका सभापतिहरू तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिको पदेन सदस्य रहने समेत उल्लेख छ।

संसारभर छरिएर रहेका तनहुँ निवासीबीच आपसी समन्वय गर्दै तनहुँमा ज्ञान, सीप, प्रविधि हस्तान्तरण, नयाँ बजार माग अनुरूपको शिक्षा, प्राविधिक सीप विकास र स्वस्थ जस्ता विषयमा विशेष जोड दिँदै तनहुँको समग्र विकासमा तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिले भूमिका खेल्ने गरी यसलाई औपचारिक संस्थाको रूपमा विकास गर्ने र सोही बमोजिम अघि बढ्ने सामूहिक अवधारणा अनुरूप तनहुँ समाज आइसिसीको औपचारिक घोषणा सम्पन्न भएको थियो।

कार्यक्रममा विदेशमा रहेर तनहुँ र नेपाललाई संसारभर चिनाउन अतुलनीय भूमिका खेल्ने डाक्टर केशव पौडेल, डाक्टर अलिनी पोख्रेल, वेदराज पराजुली, नेम थापा, विशाल गुरुङ आदिको सम्बोधन भएको उक्त भेलामा डाक्टर बच्चु कैलाश कैनी प्रमुख अतिथि रहेका थिए।

तनहुँ समाज अमेरिकाका सभापति किरण पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमले निकै लामो समयदेखि तनहुँसँग जन्म वा कर्मले जोडिएका प्रवासी नेपालीबीच हुनुपर्ने भनिएको अन्तर्राष्ट्रिय समन्वय समितिले औपचारिकता प्राप्त गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *