पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता लिन निर्देशन दिएका छन्।
निगमले शनिबार रातिदेखि लागू हुने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। आज बसेको मन्त्रिपरिषद बैठकले मूल्यवृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो। यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ ) र खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २१५ रुपैँयाले बढाएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment