आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकन डलर १३२ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको बेला युराेपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ६६ पैसा र बिक्री दर १४० रुपैयाँ २९ पैसामा काराेबार गर्न पाइने भएकाे छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १२ पैसा र बिक्री दर १६१ रुपैयाँ ८५ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.८४ रुपैयाँ र बिक्री दर ८५.२२ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८७ पैसामा खरिदबिक्री गरिनेछ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८ रुपैयाँ ८९ पैसा कायम हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ७८ पैसा र बिक्री दर ९ रूपैयाँ ८२ पैसामा काराेबार हुनेछ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ र बिक्री दर ३५.५१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१ रुपैयाँ र बिक्री दर २८.२३ रुपैयाँ कायम गरिएकाे छ।
कुवेती दिनार १ को खरिद मूल्य ४२८.८३ पैसा र विक्रीदर ४३०.७८ पैसा कायम गरिएकाे जनाइएकाे छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment