आजको विदेशी मुद्राको विनिमय दर, अष्ट्रेलियन डलर ८३ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ ४९ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ५६ पैसा र बिक्री दर १४० रुपैयाँ १९ पैसा कायम गरिएकाे छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ८८ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८३.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.३४ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९६ रुपैयाँ ९१ पैसा, बिक्रीदर ९८ रुपैयाँ ३५ पैसामा काराेबार गर्न सकिनेछ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसामा खरिदबिक्री गर्न अनुमति पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ७९ पैसा र बिक्री दर ९ रूपैयाँ ८४ पैसामा खरिदबिक्री हुनेछ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा कायम रहेको जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ कायम गरिएकाे छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२२ रुपैयाँमा काराेबार हुनेछ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.७२ पैसा तथा विक्रीदर ४३१.६६ पैसा कायम भएकाे छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment