एफवान सफ्ट ग्रुपसँग तीन राष्ट्रिय क्रिकेट खेलाडी ब्रान्ड एन्डोर्सको रूपमा आवद्ध
ललितपुर। एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले, तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूसँग ब्रान्ड एन्डोर्सको रूपमा सम्झौता हस्ताक्षर समारोह गरेको छ।
एफवान सफ्ट ग्रुप को सहायक कम्पनीहरू फोनपे, इसेवा र इसेवा मनि ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरी सँग, सो खेलाडिहरूको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको छ।
क्रिकेटरहरु सँगको यस सम्झौता हस्ताक्षर असोज १८ गते एफवान सफ्ट ग्रुप का निर्देशक सुवास शर्मा, इसेवा का चिफ बिजनेस अफिसर आशिष गौतम, इसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा भएको थियो।
यस साझेदारीको साथ, एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरूलाई भरपुर साथ दिने लक्ष्य राखेको छ।
एफवान सफ्ट ग्रुप, यस सहकार्यको साथ मैदानमा खेलाडिहरुको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई, खेलाडीहरूको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध छ। खेलाडीहरुको आकांक्षालाई प्राथमिकता दिएर, यो साझेदारीले खेलाडीहरुको क्षमतालाई अझै सशक्त बनाउन खोजेको छ र यसो गर्दा, नेपाली क्रिकेट जगत कै उथ्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको छ।
खेलाडीहरुले सही समर्थन पाउनाले अन्तर्राष्ट्रिय स्तरमा अझै उल्लेखनीय उपलब्धि हासिल हुन सक्नुको साथ साथै सारा देशले गौरव गर्ने बाटोको सृजना हुने विस्वास यसै साझेदारीबाट झल्किएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment