कुटपिटबाट श्रीमती मृत्यु, पक्राउ परे श्रीमान्

डिसी नेपाल
१९ असोज २०८० १९:२०
544
Shares

मोरङ । श्रीमती हत्या गरेर फरार रहेका व्यक्ति पक्राउ परेका छन्। असोज १३ गते शनिबार राति साढे ९ बजेतिर विराटनगर महानगर–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरीले श्रीमती कुटपिट गरेको र गम्भीर घाइते भएकी श्रीमतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते चौधरीकी ३० वर्षीया श्रीमती जितनी सहनीको मृत्यु भएको हो। श्रीमती जितनीलाई धारिलो हतियारले टाउकोमा प्रहार गरेर गम्भीर घाइते बनाएको मोरङ प्रहरीले जनाएको छ।

घटना भएसँगै फरार रहेका उपेनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीको भनाइ छ। परेका चौधरीलाई जिल्ला अदालत मोरङबाट कर्तब्य ज्यान मुद्दा कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *