इजराइलमा रहेका नेपालीलाई नेपाल फर्काउन आग्रह
अमेरिका। प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले इजरायलको अलुमिन किबुजमा भएको आक्रमण परि ज्यान गुमाएका १० जना नेपालीप्रति चिन्ता प्रकट गर्दै यस घटनाको निन्दा गरेको छ।
साथै बंकर भित्र रहेका ३५ जना नेपालीको सुरक्षाको चासो राख्दै उनीहरुलाई सकुशल नेपाल फर्काउनको लागि पहल गर्न सरकारसँग अपिल गरेकाे छ।
प्रवासी नेपाली मञ्चले विभिन्न बंकरमा रहेका नेपालीहरुको नाम सार्वजनिक गर्दै त्यहाँ उनीहरुलाई आवस्यक पर्ने खानालगायत अन्य सरसहयोगको लागि प्रवासी मञ्च तयार रहेको जानकारी गराउँदै उनीहरुको जिबन रक्षाको लागि अबिलम्व पहल गर्नको लागि नेपाल सरकारलाई अनुरोध गरेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment