निर्मल पुर्जाको रेकर्ड तोडने तेन्जेन शेर्पाकाे हिमपहिरोमा परी निधन
काठमाडौं। छोटो समयमा नै ८ हजार माथिका १४ वटा हिमाल चढेर विश्व रेकर्ड बनाएका तेन्जेन लामा शेर्पाको निधन भएको छ।
तीन दिन अघि शीशापाग्मा हिमाल आरोहणमा रहेका शेर्पाको निधन भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिएका छन्।
निर्मल पुर्जाको १८९ दिनको पुरानो कीर्तिमानलाई उछिन्दै क्रिस्टिन हरिलासँगै ९२ दिनमा मात्रै ८ हजार मिटर उचाईको १४ वटा हिमाल आराेहणा गरेर साे रेकर्ड ताेडेका थिए। तर, चीनकाे शीशापाग्मा हिमाल यात्रा पूरा गर्ने क्रममा तेन्जेन गत शनिवारदेखि बेपत्ता थिए।
शीशापाग्मा शिखर आरोहणको क्रममा आरोही जिना मारी रुजुसिडलोसँगै हिमपहिरोमा परेर हराएका उनीहरु मृत अवस्थामा फेला परेको एभरेष्ट टुडेले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment