सानिमा हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
२३ असोज २०८० ८:२८
188
Shares

काठमाडौं। सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज असोज २३ गते मंगलबार अन्तिम दिन हो।

साधारण सभा प्रयोजनका लागि असोज २४ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नु पर्नेछ। यस कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश गरि कुल १०.५२६३% लाभांश वितरण गर्दैछ।

यस कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ। साथै, सञ्चालक समिति बैठकले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ। उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *