ए.एन.ए.का अध्यक्ष अधिकारीद्वारा इजरायलमा मृत्यु भएका नेपालीप्रति दुःख व्यक्त

डिसी नेपाल
२३ असोज २०८० २२:०१

वासिंटन डिसी । एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज (ए.एन.ए.) का अध्यक्ष खगेन्द्र अधिकारीले इजरायलमा हमासको आक्रमणमा परी नेपाली विद्यार्थीको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका छन् । साथै उनले इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूति समेत प्रकट गरेका छन्।

उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन सम्बद्ध निकायहरु र नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्। संस्थागत प्रेस विज्ञप्ति मार्फत अध्यक्ष अधिकारीले सुरक्षित स्थानमा रहेका नेपालीहरूलाई तत्काल नेपाल फर्काउने काम अगाडि बढाउनका लागि आग्रह समेत गरेका छन्।

लडाकु समूह हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमण परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ ।

प्रेस विज्ञप्ति

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *