सानिमा माई हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं। नेपाल स्टक एक्सेचन्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावर लिमिटेको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ।
मंगलबारको अन्तिम कारोबार मूल्य ३२७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ। मूल्य समायोजन पश्चात भाउ २९७ रुपैयाँ २७ पैसा कायम भएको छ। सोही मूल्यलाई आधार मानेर आज बुधबार यसको कारोबार खुला हुनेछ।
यस कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश गरी कुल १०.५२६३% लाभांश वितरण गर्दैछ। कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ।
साथै, सञ्चालक समिति बैठकले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment