राप्रपामा सत्तामोह देखियो, तत्काल एकता सम्भव छैनः महामन्त्री बर्तौला (भिडियो)
काठमाडौं। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राप्रपासँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन्।
डिसी नेपालसँगको कुराकानीमा उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा सत्ताको दौडमा लागेकाले तत्काल एकताको सम्भावना नभएको प्रष्ट पारेका हुन्।
महामन्त्री बर्तौलाले देशको वर्तमान बेथितिको अन्त्य गर्न सबैको साझा भावनाको प्रतिनिधित्व हुने राजसंस्था पुनस्र्थापनाको अपरिहार्यता बढेको औंल्याए। उनले गणतान्त्रिक व्यवस्थाको विकल्पमा अब राजासहितको प्रजातन्त्र पुर्नस्थापित गरे मात्रै अहिलेका ज्वलन्त समस्याको समाधान हुने जिकिर गरे।
गत महाधिवेशनमा अर्का प्रत्याशी राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपाबाट विभाजित भएर कमल थापाले नयाँ दल राप्रपा नेपाल गठन गरेका हुन्।
आफैंले स्थापित गरेको पुरानै दल राप्रपा नेपाल पुर्नजिवीत गरेका कमल थापाले देशव्यापी सांगठनिक संरचना पुनर्गठित गरेका छन् । महाधिवेनमा पराजित भएपछि केही समय छाडेको राजसंस्था पुनस्र्थापनाको एजेण्डा अहिले उक्त पार्टीले तय गरेको छ ।
सोही राप्रपा नेपालका महामन्त्री रहेका राजाराम बर्तौलासँग डिसी नेपालका लागि गरिएको भिडियो संवाद:
No ads found for this position



डिसी नेपाल
Facebook Comment