पहेँलो दाँतलाई यी ३ चिजले माझ्नुहोस्, मोती जस्तै चम्किलो हुनेछ!

डिसी नेपाल
२६ असोज २०८० ११:३४
2.4k
Shares

काठमाडौं। सफा र चम्किलो दाँतले तपाईंको व्यक्तित्वमा आकर्षण थप्छ। मुखको स्वास्थ्यले समग्र स्वास्थ्यमा पनि प्रत्यक्ष प्रभाव पार्छ।

खानेकुरामा धेरै प्रकारका मसलाहरू प्रयोग गरिन्छ, जसले दाँत पहेंलो हुन सक्छ। यसबाट बच्न, सबैलाई दिनको दुई पटक दाँत माझ्न सल्लाह दिइन्छ।

धेरै मानिसहरु दाँत पहेलो हुने समस्याबाट ग्रसित हुने गर्दछन्। ब्रस गरेपछि पनि धेरैलाई यो समस्याले सताएको हुन्छ । दाँतको सरसफाई दन्तचिकित्सकमा गएर गर्न सकिने भए पनि बारम्बार सफाइ गर्न सकिँदैन।

यस्तो अवस्थामा मानिसहरू चिन्तित हुन्छन्। आज हामी तपाईलाई दाँतको पहेलोपनबाट छुटकारा पाउनका लागि केही सजिलो घरेलु उपाय बताउछौँ, जुन निकै प्रभावकारी हुन सक्छ ।

पहेलो दाँतलाई सेतो बनाउने घरेलु उपायः

बेकिंग सोडा र हाइड्रोजन पेरोक्साइड – बेकिंग सोडा र हाइड्रोजन पेरोक्साइड दाँतको पहेंलोपन हटाउन प्रयोग गर्न सकिन्छ। बेकिंग सोडा र हाइड्रोजन पेरोक्साइडबाट बनेको पेस्ट प्रयोग गर्दा दाँतमा जम्मा भएको फोहोर र ब्याक्टेरिया हट्छ। यसको पेस्ट बनाउन १ चम्चा बेकिंग सोडालाई २ चम्चा हाइड्रोजन पेरोक्साइडसंग मिलाउनुहोस्। यो पेस्टले दाँत माझिएपछि सफा गर्नुहोस्।

एप्पल साइडर भिनेगर – पहेँलो दाँतलाई चम्किलो बनाउन एप्पल साइडर भिनेगर प्रयोग गर्न सकिन्छ। १ कप पानीमा २ चम्चा एप्पल साइडर भिनेगर मिसाएर माउथवाश बनाउनुहोस्। यस घोललाई मुख भित्र ३० सेकेन्डसम्म धुनुहोस्। त्यसपछि पानी र ब्रशले दाँत माझ्दै कुल्ला गर्नुहोस्। तर, यसको अत्याधिक प्रयोग गर्नु हुँदैन, अन्यथा यसले दाँतमा क्षति पु¥याउन सक्छ । यसलाई छोटो समयको लागि मात्र प्रयोग गर्नुहोस्।

कागती, सुन्तला र केराको बोक्रा – कागती, सुन्तला र केराको बोक्राले पनि दाँत पहेंलो हुने समस्याबाट छुटकारा पाउन सकिन्छ । यी बोक्रालाई दाँतमा रगड्दा पहेँलोपन हटाएर दाँत सेतो र चम्किलो बनाउन सकिन्छ । यी बोक्रामा पाइने कम्पाउण्ड डी–लिमोनिन वा साइट्रिक एसिडले दाँतलाई सेतो बनाउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ। दाँत सफा गर्न यी चीजको बोक्रालाई बिस्तारै दाँतमा करिब २ मिनेटसम्म रगड्नुहोस्। केहि समय पछि ब्रश गर्नुहोस्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *