कविता : म भित्रको ‘म’

शंकरप्रसाद रिजाल
२७ असोज २०८० ६:४५

म भित्रको ‘म’, भन लौ कहाँ छ?
शरीर हाँक्ने, भन लौ कहाँ छ?
शरीर भित्रै, घरबार गर्ने
शरीर भित्रै, रसपान गर्ने

म भित्रको ‘म’, भन लौ कहाँ छ?
म भित्रको आश, भन लौ कहाँ छ?
म भित्रको चाह, भन लौ कहाँ छ?
म खोज्छु सारा, सब अंग भित्र

म हेर्छु सारा, सब यत्रतत्र
पाउन्न कोही, यस अंग भित्र
म भित्रको ‘म’, भन लौ कहाँ छ?
छायाँ म देख्छु, तर बोल्दिन केही

पछ्याई हिँड्छिन, तर भन्दिन केही
गति छ एउटै, उनको र मेरो
मति छ एउटै, उनको र मेरो
म हाँस्छु भन्दा, उनी हाँस्न थालिन्

म रुन्छु भन्दा, उनी रुन थालिन्
म हिँड्छु भन्दा, उनी हिँड्न थालिन्
म छेक्छु भन्दा, उनी लुक्न थालिन्
कल्पेर रुन्छिन्, मनभित्र मेरो,

छायाबनी, मेरो सेरोफेरा
छायाँ नै हौ, भने तिमी,
मायामा किन, नाच्दछ्यौ ?
विश्व मानवको लिलामा

सर्वश्वै किन बन्दछ्यौ?
मेरो जीवन बिती गयो,
बिती गयो यसैगरी
बृद्धले साथ छोडेन,

छोडेन कसैगरी
आखिर आँखाको, दूर नानीमा
छोडी सबै मरेसरी
आशाका तारका जीव
छर्रा बनी उडेसरी

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *