गैरीगाउँ हत्याकाण्डका आरोपी सञ्जय भण्डारीविरुद्ध आजन्म काराबासको माग

डिसी नेपाल
२६ असोज २०८० १४:०६
1.1k
Shares

काठमाडौं। काठमाडौंको गैरीगाउँमा चार जनाको सामूहिक हत्या अभियोगमा पक्राउ गरेका २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध आजन्म काराबासको माग गर्दै मुद्दा दायर भएको छ। सरकारी वकिल कार्यालयले भन्डारीलाई बाँचुञ्जेल जेल (आजीवन काराबास)को मागदाबीसहित अभियोगपत्र दायर गरेको हो।

प्रहरीले आरोपी भण्डारीको साथबाट बरामद भएको कपडा र हतियारमा देखिएको रगतसँग मृतकहरूको डीएनए मिलेको अनुसन्धानबाट खुलेको हो।

अनुसन्धान सकेर बुधबार प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकोमा उनीविरुद्ध आजीवन काराबासको मागदाबीसहित मुद्दा दायर गरिएको छ। भण्डारीले व्यक्तिगत प्रतिशोधका कारण हत्या गरेको प्रहरी निष्कर्ष छ।

जन्मजात बोल्न नसक्ने भएकाले प्रहरीले दोभासेमार्फत उनको बयान लिएको थियो। बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको बताएपछि अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ गरेको थियो। उक्त परीक्षणमा भण्डारीको दिमाग सामान्यभन्दा तीक्ष्ण देखिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *