संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्छ : महासचिव पोखरेल

डिसी नेपाल
६ कार्तिक २०८० १७:४८
16
Shares

देउखुरी (दाङ)। नेकपा (एमाले)का महासचिव शकंर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्ने बताएका छन्।

बडा दशैं, शुभ दीपावली, छठ एवं नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ मा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रले आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली संस्कृति र संस्कारले समाजलाई जोड्ने काम गरेको बताए।

संस्कृतिका नाममा फैलिएका विकृतिलाई युवा पुस्ताले हटाउँदै जानुपर्ने बताउँदै महासचिव पोखरेलले नेपालमा सीमाका कारण लागुपदार्थ दुर्व्यसनी बढ्दो क्रममा रहेकाले नेपाल सरकारले नियन्त्रणमा विशेष सावधानीपूर्वक अभियान नै थाल्नुपर्ने बताए।

समाजमा बढ्दो दुर्व्यसनी हटाउनका लागि गृह मन्त्रालयको मात्रै पहलकदमी अपुग हुने भएकाले विद्यालय तहबाटै सचेतना अनिवार्य रहेको बताए।

महासचिव पोखरेलले पछिल्लो समयमा घर परिवारका अभिभावकहरू कार्य व्यस्तताका कारण बालबालिकाको चासो नदेखाएका कारण दुर्व्यसनीको समस्या थप विकराल बन्दै गएकाले अभिभावकहरूले चासो बढाउनुपर्ने बताए।

कार्यक्रममा तुलसीपुर उपमहनगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाकातर्फबाट लागुपदार्थ दुर्व्यसनी सचेतनाको कार्यक्रम बढाए पनि विद्यालय तहसम्म नै नपुग्दा प्रभावकारी बन्न नसकेको बताए। उनले प्रहरी सक्रियता र अभिभावक शिक्षा अनिवार्य रहेको बताए।

प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले युवा जनशक्ति लागु पदार्थ दुर्व्यसनीमा बढिरहकाले यसको नियन्त्रणको सबैको सहयोग, चासो अपरिहार्य रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *