अमेरिकामा आयोजीत देउसी भैलो प्रतियोगितामा सगीना देउवी समूह प्रथम, जित्यो ५१ हजार नगद

डिसी नेपाल
२० कार्तिक २०८० १६:१४

वासिंगटन डिसी। अमेरिकाको कोलम्बसमा आयोजीत देउसी भैलो प्रतियोगितामा सगीना देउवी समूहले प्रथम स्थान ओगट्न सफल भएको छ । त्यस्तै एभरेस्ट क्लब दोस्रो हुँदा, देउराली देउसी भैलौ ग्रुप तेस्रो र डिभाइन म्युजिक ग्रुपले सान्तवना स्थान ओगट्न सफल भएका छन् ।

११ वटा समूहमा प्रतिस्पर्धा भएको देउसी भैलो प्रतिस्पर्धामा प्रथम हुने समूहले ट्रफी  र ५१ हजार रुपैयाँ नगद जित्न सफल भएका छन् । त्यस्तै द्वितीय र तृतीय हुने समूहले क्रमश ट्रफीसहित ३१ हजार  र ३० हजार पाएका छन् ।

प्रतिस्पर्धाको जजका रुपमा नबिन खड्का, दीपक गजमेर, योगिता खनाल र केशव पौडेल  रहेका थिए । प्रतिस्पर्धामा ३ वटा समूह मध्ये एक्रोन शहरको आमा समुह, एक्रोन मारुनी समुह र कोलम्बस मारुनी समुहले निकै नै आर्कषक मारुनी नृत्य प्रस्तुत गरेकाले उनीरुको सर्वत्र चर्चा भएको थियो ।

सो अवसरमा जजहरुको टिमले नै स्टेजमा नै पुगेर उनीहरुप्रति शिर निहुराउँदै उहाँहरुले प्रतिस्पर्धा भन्दा माथिको प्रस्तुती दिएको प्रतिक्रिया दिएका थिए । सो अवसरमा विभिन्न समुहहरुले कलात्मक नृत्य पस्किएका थिए ।

विश्वकर्मा सोसाइटी अफ अमेरिका (बिएसए) को आयोजनामा ओहायो राज्यको कोलम्बस शहरमा सम्पन्न भएको हो । नेपाली कला, संस्कृति र साहित्यको प्रवद्धन र उत्थानमा निकै नै क्रियाशिल रहँदै आएको विश्वकर्मा सोसाइटी अफ अमेरिकाले विभिन्न किसिममा सामाजिक कामहरु  गर्दै आएको छ ।

सोसाइटीले आफ्नो हात सबैभन्दा बढी शिक्षा , खेलकुदका अलावा समाजसेवामा पनि फैलाउँदै आएको छ । उसले नेपाली कला र संस्कृतिको जर्गेनमा बेला बेलामा विभिन्न किसिममा सांस्कृतिक गतिबिधिहरु गर्दै आइरहेको छ । गत महिना मात्रै सोसाईटीको आयोजनामा एक्रोनमा नै विश्वकर्मा पूजा र भावी रणनीतिका बारेमा भव्य गोष्टीको आयोजना गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *