स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ

डिसी नेपाल
२२ कार्तिक २०८० १८:४१

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद रु २६ लाख ५७ हजारसहित दुई जनालाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई सो रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *