आज रेशम चौधरीको मुद्दाको अन्तिम सुनवाइ हुँदै

डिसी नेपाल
२३ कार्तिक २०८० १०:००
764
Shares

काठमाडौं। सरकारको सिफारिसमा कैद कटीसहित आम माफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनवाई आज हुने भएको छ।

सर्बोच्च अदालतले सर्बश्वसहित जन्मकैदको फैसाला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनवाई आज हुन लागेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी बिरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालिन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले दिएको मुद्दाको सुनवाई हुन लागेको हो।

कानुनी व्यावसायी राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायीहरुले बिधिको शासन स्थापित गराउन न्यौपानेको परिवारको पक्षवाट निःशुल्क वकालत गर्दै आएका छन्।

प्रहरी एसएसपी न्यौपानेसहित सो नरसंहारमा एक बालक हत्यासहित ९ जनाको निर्मम तरिकाले हत्या गरिएको थियो। सो अभियोगमा तत्कालिन प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी आफ्नो कार्यकालभरी थुनिएका थिए।

तर, सर्वोच्चले जन्मकैदको फैसाला सुनाएको केही दिनमा नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई बाँकी कैद मिनाहा गरी आममाफी दिएको थियो। जसको बिरुद्ध परेको रिटमाथी कार्तिक २३ गते अन्तिम सुनवाई हुन लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *