रेशम चौधरीको आम माफीविरूद्धको रिटको सुनुवाइ स्थगित

डिसी नेपाल
२३ कार्तिक २०८० ११:२०

काठमाडौँ । रेशम चौधरीलाई राष्ट्रपतिले दिएको आममाफीविरुद्धको रिट स्थगित भएको छ । न्यायाधीश अभावका कारण चौधरीको आममाफी विरुद्धको बिहीबारको सुनुवाइ स्थगित भएको हो । यसअघि बिहीबार यो रिटको अन्तिम सुनुवाइ हुने भनिएको थियो ।

आज मुद्दाको पेशिका लागि न्यायाधीशहरूले गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेपछि यो रिट स्थगित भएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए ।

राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *