महोत्तरीबाट बेपत्ता किशोरीहरू प्रहरीकाे सम्पर्कमा

डिसी नेपाल
२३ कार्तिक २०८० ११:३३

महोत्तरी। महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी प्रहरीको सम्पर्कमा आएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू ढल्केबरबाट सम्पर्कमा आएका हुन् ।

घरपरिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन् । सम्पर्कमा आए पनि उनीहरुले घर फर्कन भने अस्वीकार गरेको प्रहरीले जनाएको छ ।

`उनीहरु घर फर्कन चाहेका छैनन, हामी मेयरका घरमा जान्छौ भनेका छन्,´ किशोरीहरुलाई उद्धृत गर्दै गौशाला प्रहरी प्रमुख मनोज यादवले भने ।

घरबाट किन यातना दिएको थियो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गरिरहेको प्रमुख यादवले जानकारी दिए । आफूहरुलाई घर नफर्काउन अडान लिएका किशोरीहरुलाई प्रहरीले नगरको जिम्मा लगाउने तयारी गरेको छ ।

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *