भूकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने

डिसी नेपाल
२४ कार्तिक २०८० १६:२२

काठमाडौं। चीनको युनान प्रान्तले नेपालको जाजरकोट भूकम्पपीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

चीनको खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरुको भेला ’सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रममा सो प्रतिवद्धता जनाइएको पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरूसँग भेटघाट भएको जानकारी दिँदै उनले सो क्रममा जाजरकोट र रूकुमका भूकम्पपीडितलाई युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोगको प्रतिवद्धता जनाएको जानकारी दिएका हुन् ।

साथै,अध्यक्ष नेपालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले दश लाख आरएमबी बराबरको आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *