११ हजार ७८० थान पटाकासहित एकजना पक्राउ

डिसी नेपाल
२४ कार्तिक २०८० १७:०४

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका–६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाका ११ हजार ७८० थानसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *